एजेन्सी, २७ वैशाख । रियल मड्रिडलाई सेभिल्लाले हारको स्वाद चखाएको छ । गएराति भएको स्पेनिस लिग ला लिगामा रियललाई सेभिल्लाले ३-२ गोलले पराजित गरेको हो ।
सेभिल्लाले पहिलो हाफमा नै रियलविरुद्ध दुई गोलको अग्रता बनाएको थियो । विसम बिन एडर मिगुल लेउनले खेलको २६ औ र ४५ औ मिनेटमा गोल गरे ।
दोस्रो हाफमा रियलले कमव्याक गर्न हरसम्भव प्रयास गरेको थियो । तर, खेलको ५८ औ मिनेटमा पाएको पेनाल्टी सर्जियो रामोसले मिस गरे ।
खेलको ८४ औ मिनेटमा रामोसले नै आत्मघाती गोल गर्दा रियल तीन गोलले पछि परेको थियो । खेलको ८७ औ मिनेटमा रियलका लागि बोर्जाले गरे ।
खेल सकिन केही मिनेट बाँकी रहँदा सर्जियो रामोसले पेनाल्टीको सदुपयोग गर्दै दोस्रो गोल गरे । यो हारसँगै रियलको ३६ खेलमा ७२ अंक भएको छ । सेभिल्लाको भने ५४ अंक रहेको छ ।
The post सेभिल्लाको घरेलु मैदानमा पछारियो रियल मड्रिड appeared first on Sajha Post.