Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट जेठमा

$
0
0

काठमाडौँ, २७ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।

आगामी जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने राखेपद्वारा बिहिबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहनेछ । जसअनुसार समूह ‘ए’ मा नेपाल आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) प्रदेश नं १, २ र ४ परेको छ । त्यस्तै समूह ‘बी’ मा भने नेपाल पुलिस क्लबसँगै प्रदेश नं ३, ५, ६ र ७ छन् ।

प्रतियोगिताको विजेता टोलीले  २० लाख र उपविजेताले १० लाख पाउनेछ । त्यस्तै ‘म्यान अफ दि सिरिज’ले एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही  ५० हजार पाउनेछन् ।
रासस

The post प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट जेठमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles