Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बेस्टह्यामलाई पराजित गर्न सकेन म्यानचेस्टर युनाइटेडले

$
0
0

एजेन्सी, २८ वैशाख । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई वेस्टह्याम युनाइटेडले गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।

बेस्टह्याको घरेलु मैदानमा भएको खेलमा म्यानुले केही अवसर सिर्जना गरेता पनि गोल गर्न भने सकेन ।

यसै सिजन स्टोक सिटीबाट वेस्टह्याम युनाइटेड आएका एरियोनाउटिकले सानदार खेल प्रदर्शन गरे तर गोल गर्न भने सकेनन् ।

म्यानुका प्रशिक्षक जोसे मोउरिन्होले खेलाडीहरुको खेल प्रदर्शनबाट आफु खुसी नभएको बताएका थिए ।

उनले दोस्रो स्थानमात्रमा सिमित रहेर सिजन सफल रहेको भन्न नमिल्ने बताएका छन् ।

३७ खेलमा ७८ अंक जोडेको म्यानु दोस्रो स्थानमा रहेको छ । यस सिजन रेलिगेशन हुनबाट जोगिएको वेस्टह्याम ३९ अंकका साथ १५ औ स्थानमा रहेको छ ।

The post बेस्टह्यामलाई पराजित गर्न सकेन म्यानचेस्टर युनाइटेडले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles