Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेयमार बार्सिलोना फर्किनेबारे यसो भन्छन् इनिष्टा

$
0
0

एजेन्सी, २८ वैशाख । बार्सिलोना स्टार खेलाडी एन्द्री इनिष्टाले नेयमारबारे टिप्पणी गरेका छन् । उनले नेयमार बार्सिलोनामा फर्किए सबैभन्दा बिचित्र हुने बताएका छन् ।

गएको सिजन २२२ मिलियन युरोमा नेयमार पिएसजी क्लबमा अनुबन्ध भएका थिए ।

तर, उनी पिएसजीमा पनि खुशी नभएको हल्ला व्यापक चलेको छ ।

पछिल्लो समय उनी बार्सिलोना फर्किनेभन्दा पनि रियल मड्रिड जाने हल्ला चलिरहेको छ ।

इनिष्टाले भनेका छन्, ‘नेयमार बार्सिलोना फर्किए पनि ड्रेसिङ रुपा कुनै समस्या हुनेछैन । तर, उनी बार्सिलोना नै फर्किए भने केही हदसम्म बिचित्र भने लाग्नेछ ।’

हाल नेयमार पिएसजीको खेलाडी भएका कारण कुन क्लबमा उनी जान चाहन्छन् यसबारे आफु केही बोल्न नमिल्ने समेत उनले बताए ।

लामो समय बार्सिलोनामा बिताएका इनिष्टाले यस सिजनको अन्त्यमा बार्सिलोना छाड्ने तयारीमामा रहेका छन् । उनको त्यसपछि यात्रा कहाँ हुनेछ बताएका भने छैनन् ।

The post नेयमार बार्सिलोना फर्किनेबारे यसो भन्छन् इनिष्टा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles