Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ब्राजिललाई राहत, नेयमार अर्को सातादेखि ट्रेनिङमा फर्किने

$
0
0

एजेन्सी, १ जेठ । ब्राजिलियन स्टार खेलाडी नेयामार केही महिनादेखि आराम गरिरहेका छन् ।

चोटका कारण केही महिनादेखि आराम गरिरहेका उनी अब कमव्याक गर्ने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार उनी क्रोसियाविरुद्धको मैत्रीपुर्ण खेलमा कमव्याक गर्नेछन् ।

विश्वकपमा उनले खेल्ने नखेल्ने शंका चलिरहँदा यो खबरले राष्ट्रिय टोलीमा नयाँ उर्जा प्रदान गरेको बताइएको छ । विश्वकपको इ समुहमा रहेको ब्राजिलले सर्बिया, स्वीजरल्याण्ड र कोस्टारिकासँग खेल खेल्नेछ ।

ब्राजिलले २३ जना खेलाडीको नाम सोमबार सार्वजनिक गरेपछि नेयमारबारे डाक्टर रोद्रिगोले उनको फिटनेसबारे जानकारी गराएका थिए । उनले नेयमार क्रोसियाविरुद्ध नेयमार फिट हुने बताएका छन् ।

प्रशिक्षक टिटे पनि नेयमार फिट हुनेमा आशावादी रहेका छन् । ब्राजिलले क्रोसिया, अष्ट्रिया, र स्वीजरल्याण्डसँग विश्वकपपुर्व मैत्रीपुर्ण खेल खेल्नेछ ।

अर्को हप्तादेखि नेयामार ट्रेनिङमा फर्किने चिकित्सकले बताएका छन् ।

The post ब्राजिललाई राहत, नेयमार अर्को सातादेखि ट्रेनिङमा फर्किने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images