Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप २०१८ः कजान एरिना स्टेडियमबारे जान्नुहोस् यी तथ्यहरु

$
0
0

एजेन्सी, १ जेठ । सन् २०१८ को विश्वकप हुन अब एक महिनाात्र बाँकी रहेको छ । रसियाले विश्वकपका लागि सबै तयारी पुरा गरेको बताइ सकेको छ ।

रसियाले विश्वकप आयोजना गर्नु एउटा ठुलै चुनौती भएपनि सबै तयारी पुरा भएको र सबै स्टेडियको सबै व्यवस्था पुरा गरेको बताएको छ । पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको रसियाले विश्वकपकालागि १२ वटा विशेष स्टेडियम तयार पारेको छ ।

१२ वटामध्येको एक स्टेडियम हो कजान एरिना । कजान आफैमा रसियाको खेलकुद राजधानीबाट परिचित छ। पछिल्ला केही समययता कजान एरिनाले आधुनिक, कलात्मक र महँगो खेल सुविधा सम्पन्नस्थलका रूपमा छलाङ मारेको छ।

यस रंगशालालाई इंग्ल्यान्डको बेम्ब्ले र एमिरेट्स रंगशालाको ढाँचामा निर्माण गरिएको छ। सन् २०१३ मा सम्पन्न ग्रीष्मकालीन युनिभर्सियाद खेलकुदका लागि नै यसको निर्माणले पूर्णता पाएको थियो। उक्त प्रतियोगितामा यस रंगशालामा फुटबल र एथ्लेटिक्सका खेलहरू सम्पन्न भएका थिए।

आधुनिकीकरण गरिएको यो रंगशाला सम्भवतः आसन्न विश्वकप आयोजना गर्ने पुरानोमध्ये एक रंगशाला हुनेछ। गतवर्ष कन्फेडरेसन कपका साथै अक्टोबरमा रसिया र इरानबीचको मैत्रीपूर्ण खेल पनि यसै रंगशाला भएको थियो।

रसियन प्रिमियर लिगअन्तर्गतको क्लब रुबिन कजानको यो घरेलु रंगशाला हो, जसलाई कम्युनिस्ट एरा सेन्ट्रल स्टेडियमबाट समेत सम्बोधन गरिन्छ।

कजान्का नदीको छेउमा अवस्थित ४५ हजार ३ सय ७९ सिट क्षमता रहेको कजान एरिना स्टेडियमलाई वाटर लिलीको आकारमा अमेरिकी कम्पनी पोपुलोसले निर्माण गरेका हुन्।

४ सय ३९ दशमलव ७ मिलियन अमेरिकी डलर निर्माण लागत रहेको यो रंगशालामा सन् २०१३ मा सम्पन्न विश्व ग्रीष्मकालीन युनिभर्सियाद खेलकुदको उद्घाटन र समापन समारोह पनि भएको थियो।

सन् २०१५ मा सम्पन्न १६औं फिना विश्व च्याम्पियनसिप पनि यसै रंगशालामा आयोजना गरिएको थियो। कजान १ सय १५ जाति बसोबास गर्ने रसियाको ठूलो शहर हो।

यस रंगशालमा फ्रान्स र अस्ट्रेलियाले जुन १६ मा, इरान र स्पेनले जुन २० मा, पोल्यान्ड र कोलम्बियाले २४ जुनमा, दक्षिण कोरिया र जर्मनीले जुन २७ मा, राउन्ड अफ १६ को जुन ३० मा हुने खेल र ६ जुलाईमा हुने क्वार्टरफाइनल हुनेछ।

The post विश्वकप २०१८ः कजान एरिना स्टेडियमबारे जान्नुहोस् यी तथ्यहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles