Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लियोनल मेस्सीले यी उपाधिहरु जित्ने लगभग पक्का

$
0
0

एजेन्सी, १ जेठ । यस सिजन उच्च फर्ममा रहेका बार्सिलोनाका स्टार  लियोनल मेस्सीले यस सिजनको युरोपियन गोल्डेन बुट जित्ने लगभग पक्का जस्तै भएको छ ।

एक खेल बाँकी रहेको स्पेनिस ला लिगामा उनले हालसम्म ३४ गोल गरिसकेका छन् ।

दोस्रो स्थानमा रहेका मोहम्मद सालाहको ३२ गोल, तेस्रो स्थानमा रहेका ह्यारी केनको ३० गोल र चौथो स्थानमा रहेका रोबर्ट लेवान्डोस्की २९ गोल रहेको छ ।

त्यस्तै मेस्सीले ला लिगाको सर्वाधिक गोलकर्ताले जित्ने पिचिची उपाधि पनि जित्ने भएका छन् । स्पेनिस ला लिगामा मेस्सीको ३४ गोल, क्रिस्टियानो रोनाल्डोको २५ गोल र लुइस स्वारेजको २४ गोल रहेको छ । यस कारण पनि उनले यो उपाधि जित्ने निश्चित रहेको छ ।

यस सिजन मेस्सीले सबै प्रतियोगितामा ५३ खेल खेल्दै ४५ गोल र १८ असिस्ट गरेका छन् । बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आउने साता रियल सोसियडाडसँग भिड्ने छ ।

The post लियोनल मेस्सीले यी उपाधिहरु जित्ने लगभग पक्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images