Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

खेलकुद मन्त्रीसमेतको उपस्थितिमा क्रान्तिकारीद्वारा रंगशाला सरसफाइ

$
0
0

काठमाडौं, ३१ भदौ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीसमेतको उपस्थितिमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शुक्रबार दशरथ रंगशाला सरसफाइ गरेको छ ।

dasharath-stadius-cleaning-programme

यसक्रममा साधारण प्याराफिटतर्फ पलाएका सबै झार नष्ट गरिएको छ । देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा झाडी उम्रिएर कुरुप भएकाले आफू सरसफाइमा लागेको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बताए ।

उनले भने, ‘भूकम्पपछिको पुनःनिर्माणका लागि साङ्केतिक रुपमा सन्देश दिन पनि हामीले सरसफाई गरेका हौं ।’

कार्यक्रममा मन्त्री श्रीपाइली आफैँ मेसिन चलाएर झार काटेका थिए भने शौचालयसमेत सफा गरिएको थियो । सरसफाइले रङ्गशालाको पूरै स्वरुप फेरिएको छ ।

करिब दुई वर्षयता रङ्गशाला पुनःनिर्माणको क्रममा छ । गत वर्षको वैशाख १२ गते गएको भूकम्पबाट रङ्गशालामा क्षति पुगेपछि अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन् ।

अखिल नेपाल खेलकुद महासङ्घले पनि सरसफाई कार्यक्रममा सहभागिता जनाएको थियो । रासस

The post खेलकुद मन्त्रीसमेतको उपस्थितिमा क्रान्तिकारीद्वारा रंगशाला सरसफाइ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles