Quantcast
Viewing all articles
Browse latest Browse all 7991

एमएसएन चम्किएपछि बार्सिलोनाको सानदार जित

Image may be NSFW.
Clik here to view.
messi-neymar-and-suwareg
काठमाडौं, २ असोज । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले नयाँ क्लब लेगानेसविरुद्ध शानदार विजय हासिल गरेको छ । बार्सिलोनाले लेगानेसलाई ५–१ ले हराएको हो ।

बार्सिलोनाको जितका लागि लियोनल मेस्सीले दुई तथा लुइस स्वारेज, नेइमार र राफिन्हाले एक-एक गोल गरे । खेलमा बार्सिलोनाका लागि १५ औं मिनेटमा मेस्सीले गोल गर्दै सुरुवाति अग्रता दिलाउँदै टिम बार्सिलोनाको हौसला बढाए ।

यसैगरी स्वारेजले ३१ औं मिनेटमा र नेइमारले ४४ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३–० अग्रता लियो । दोस्रो हाफमा बार्सिलोना रोकिएन र थप दुई गोल गर्‍यो भने लेगानेसले एक गोल मात्र फर्काएरै चित्त बुझायो ।

५५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई मेस्सीले व्यक्तिगत दोस्रो गोलमा रुपान्तर गरे भने ६४ औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोनाले ५–० विशाल अन्तर बनायो ।

८० औं मिनेटमा लेगानेसका लागि एप्पेल्ट पिरेसले एक गोल फर्काएपछि बार्सिलोना ५-१ ले विजयी बन्यो । मंगलबार राति भएको च्याम्पियन्स लिग समूह चरणको खेलमा सेल्टिकलाई ७–० ले हराएको थियो । यसरी बार्सिलोनाले आफ्ना पछिल्ला दुई खेलमा १२ गोल गर्न सफल भएको छ ।

लिगमा गएको हप्ता भएको खेलमा अलाभेससँग बार्सिलोनाले २–१ ले हारेको  जितपछि बार्सिलोनाको चार खेलबाट ९ अंक भएको छ । रियल मड्रिडको पनि ९ अंक नै छ तर उसले एक खेल कम खेलेको छ ।

Image may be NSFW.
Clik here to view.
messi

The post एमएसएन चम्किएपछि बार्सिलोनाको सानदार जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles