काठमाडौं, ३ असोज । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई लिन अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्क आफै विमानस्थलमा पुगेका छन् । क्लार्कको निमन्त्रणापछि लामिछाने आइतबार प्रशिक्षणका लागि अस्ट्रेलिया प्रस्थान गरेका थिए ।
माइकल क्लार्क क्रिकेट एकेडेमीले सन्दिपलाई प्रशिक्षणमा सहभागी हुन र सन् २०१६–१७ को सिजनमा वेस्टर्न सुबर्बसको माइकल्स प्रिमियर ग्रेड क्रिकेट क्लबबाट खेल्न औपचारिक पत्र पठाएको थियो ।
गएको मेमा हङकङमा भएको ट्वान्टी–ट्वान्टी प्रतियोगिताको क्रममा सन्दिपको प्रदर्शनले क्लार्क प्रभावित भएका थिए । सन्दिपमा राम्रो क्षमता भएकाले आफूले सहयोग गर्ने क्लार्कले त्यतिबेला नै जानकारी दिएका थिए ।
The post सन्दिपलाई लिन क्लार्क विमानस्थल नै पुगे appeared first on Sajha Post.