एजेन्सी, २ जेठ । इन्डियन प्रिमियर लिग (आइपीएल)को ११ औं संस्करण अन्तर्गत आज राति हुने ५० औं खेलमा मुम्बई इन्डियन्सले किंग्स इलावेन पंजाबको सामना गर्दैछ । पछिल्लो म्याचमा राजस्थान रोयल्सविरुद्ध हारेपछि मुम्बई संकटमा परेको हो । आज हुने म्याचमा मुम्बईले जित हासिल नगरे उसको प्लेअफको बाटो अन्त्य हुनेछ ।
उता पंजाब पनि पछिल्लो तीन म्याचदेखि हारको सिकार बन्दै आएको छ । जसकारण अंकतालिकामा गिरावट देखिएको छ । विशेषगरी बैंगलोरविरुद्ध १० विकेटको हारपछि पंजाबको रन रेट खस्केको हो । यदि पंजाब प्लेअफमा पुग्ने हो भने उसले पनि आजको म्याच गुमाउनु हुँदैन । नेट रन रेटमा कमजोर रहेका कारण पंजाबलाई पनि अब एक जीतले मात्र नपुग्ने देखिएको छ ।
मुम्बईले यदि दुवै भिडन्त पंजाब र दिल्लीविरुद्ध जीत हासिल गरे प्लेअफमा पुग्न सहज हुन्छ । एक म्याच जितेर मुम्बई प्लेअफमा पुग्न सक्दैन । तर, नेट रन रेट बलियो भएमा असम्भव भने हुने छैन ।
The post मुम्बई आज ‘गर कि मर’ को अवस्थामा, कसले जित्ला ? appeared first on Sajha Post.