Quantcast
Viewing all articles
Browse latest Browse all 7991

सन्दीप ‘आइसीसी विश्व ११’टिममा, अरु को-को ?

Image may be NSFW.
Clik here to view.

काठमाडौं, २ जेठ । सन्दीप लामिछाने आइसीसी विश्व ११ टिममा परेका छन् ।

वेष्ट इन्डिजविरुद्ध हुन लागेको एक टी-ट्वान्टी खेलका लागि आइसीसीले छानेको टिममा सन्दीप पनि परेका हुन् । उक्त खेल वेष्ट इन्डिजको क्यारेबियनमा आँधीबाट भत्किएको क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग उपलब्ध गराउने हेतुले आइसीसीले वेष्ट इन्डिजविरुद्ध खेलाउन लागेको हो ।

उक्त टीममा सन्दीप बाहेक विश्वका चर्चित खेलाडीहरु समावेश छन् । जसमा भारतका दिनेश कार्तिक र हार्दिक पाण्डेय रहेका छन् । त्यस्तै पाकिस्तानका साहिद अफ्रिदी र सोयब मल्लिक, श्रीलंकाका थिसरा परेरा, बंगलादेशका तमिम इक्बाल, न्यूजिल्यान्डका मिचेल म्याकलेनघान र लुक राँची रहेका छन् । यस टीमको कप्तानी इंगल्याण्डका इयोन मोर्गनले गर्नेछन् ।

सन्दीप आइपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर समेत हुन् । उनले विश्व क्रिकेटका स्टार विराट कोहली र एबी डी भिलियर्सलाई बलिङ गरेर प्रशंसा समेत कमाएका थिए । केही दिनअघि भएको दिल्ली र बैंगलोरबीचको खेलमा सन्दीपले किफायती बलिङ गर्दै १ विकेट समेत लिएका थिए ।

The post सन्दीप ‘आइसीसी विश्व ११’ टिममा, अरु को-को ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles