Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाको सहज जित

$
0
0

एजेन्सी, ३ जेठ । बार्सिलोनाले मैत्रीपुर्ण खेलमा मामलोडी सन्सडाउनलाई ३-१ गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि डेम्बेले र लुइज स्वारेजले पहिलो हाफमा नै गोल गरेका थिए ।

दोस्रो हाफमा एन्द्री गोमेजले तेस्रो गोल गरे । मामलोडीका लागि एकमात्र गोल सिबुसिसोले गरे । बार्सिलोनाका सबै स्टार खेलाडीहरुले उक्त खेलमा भाग लिएका थिए । लियोनल मेस्सीले १६ मिनेट खेल खेले ।

लेभान्तेसँग पराजित भएको बार्सिलोनालाई पछिल्लो समय आलोचना खेप्नु परेको थियो । प्रशिक्षक भाल्भर्डेले प्रमुख खेलाडीलाई आराम गर्न दिएको र खेलमा हार नजिता ल्याएको भन्दै आलोचना गरिएको थियो ।

यस सिजन ३६ खेलमा अपराजित रहेको बार्सिलोना ३७ औ खेलमा लेभान्तेसँग पराजित हुन पुगेको थियो । अपराजित भएरै स्पेनिस ला लिगा जित्ने उसको सपना लेभान्तेले चक्नाचुर पारिदिएको थियो ।

The post बार्सिलोनाको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images