Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइपिएलः मुम्बई इन्डियन्सको रोमाञ्चक जित, किङ्स ११ पञ्जाब ३ रनले पराजित

$
0
0

एजेन्सी, ३ जेठ । इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले किङ्स ११ पञ्जाबलाई ३ रनले पराजित गरेको छ । यो जितसँगै अंक तालिकामा मुम्बई चौथो स्थानमा उक्लेको छ । त्यस्तै समान १२ अंक भएका राजस्थान रोयल्स पाँचौं र पञ्जाब छैटौं स्थानमा छन् ।

मुम्बईले किङ्स ११ पञ्जाबलाई १ सय ८७ रनको लक्ष्य दिएको थियो । तर, पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सफल भयो। किङ्स ११ पञ्जाबका लागि लोकेश राहुले अर्धशतक र आरोन फिन्चले सानदार खेल खेल्दै ४६ रन बनाएपनि पञ्जाब जित दिलाउन सकेनन् । लोकेशले ६० बलमा १० चौका र ३ छक्काको मद्दतमा ९४ रन जोडेका थिए ।

क्रिस गेलले १८ र अक्षर पटेलले १० रन जोेडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रनको लक्ष्य दिएको थियो ।

टोलीका लागि किरोन पोलार्डले ५० रन जोडे । कुर्नाल पाण्डेले ३२, ओपनर सूर्यकुमार यादवले २७ र इशान किशनले २० रन बनाए । मिलेल म्याक्लिघनले ११ रन जोडे ।

पञ्जाका एन्ड्रीयू टेले ४, रविचन्द्रन आश्विनले २ तथा अंकित राजपुत, मार्कुस स्टोनिसले समान १ विकेट लिएका थिए ।

The post आइपिएलः मुम्बई इन्डियन्सको रोमाञ्चक जित, किङ्स ११ पञ्जाब ३ रनले पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles