काठमाडौं, ३ जेठ । क्रिकेटर सन्दिप लामिछानेलाई अर्को सफलता मिलेको छ । आइपिएलमा सफलतापूर्वक डेब्यू गरेर नाम कमाइरहेका लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका हुन् ।
आफ्ना चार प्रतिष्पर्धीलाई उछिन्दै उनले पल्सर स्पोर्टस अवार्ड जितेका हुन् । उनीसँगको प्रतिष्पर्धामा क्रिकेटर दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए ।
The post सन्दीपलाई अर्को सफलता, बने उत्कृष्ट युवा खेलाडी appeared first on Sajha Post.