एजेन्सी, ४ जेठ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले पुर्व बार्सिलोनाका खेलाडी नेयमारबारे टिप्पणी गरेका छन् । पछिल्लो समय नेयमार रियल मड्रिड जाने हल्ला व्यापक चलिरहँदा मेस्सीले यस्तो टिप्पणी गरेका हुन् । उनले नेयमार रियलमा आवद्ध भएको हेर्न नचाहेको बताएका छन् ।
अर्जेन्टिनी टेलिभिजन टिवाईसी स्पोर्ट्ससँग गरिएको एक अन्तर्वार्तामा उनले नेयमार रियल गए बार्सिलोनालाई ठुलो झट्का लाग्ने बताएका छन् । मेस्सीले नेयमार रियलसँग आबद्ध भए रियल मड्रिड थप बलियो हुने उनले बताए । नेयमार बार्सिलोनाका एक महत्वपुर्ण खेलाडी रहेको र उनले रियल जाने निर्णय गरे बार्सिलोनालाई झट्का लाग्ने उनले बताएका छन् ।
उनी भन्छन्,’नेयमारले बार्सिलोनामा रहेर धेरै उपाधि जित्न सफल भए । च्याम्पियन्स लिग,, ला लिगा लगायतका सबै उपाधि जिते।रियल गएमा त्यो हामीलाई ठूलो झट्का हुनेछ।’
The post जब नेयमारबारे लियोनल मेस्सीले यसो भने appeared first on Sajha Post.