Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हैदराबाद बैंगलोरसँग पराजित

$
0
0

एजेन्सी, ४ जेठ । इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १४ रनले पराजित भएको छ । प्ले अफका लागि छनोट भइसकेको हैदराबाद पराजित भएको हो । यो जितसँगै बैंगलोर पाँचौं स्थानमा उक्लेको छ ।

हैदराबादले २ सय १९ रनको लक्ष्य पाएको थियो । तर, उसले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन बनाउन सक्यो ।

उसका लागि काने विलियम्सन र मनीष पाण्डेले सानदार खेल प्रदर्शन गरे तापनि सनराइर्ज विजयी हुन सकेन । विलियम्सनले ८१ रन र मनीषले ६२ रन बनाए ।

एलेक्स हालेसले ३७ र शिखर धवनले १८ रन जोडे ।

टस हारेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

डि भिलियर्सले ६९ रन बनाए । कोलिन डी ग्रान्डहोमेले ४० रन र सरफराज खानले २२ रन बनाए।
आइपिएलमा अब मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ ।

The post हैदराबाद बैंगलोरसँग पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles