Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप २०१८ः सेन्ट पिटर्सबर्ग स्टेडियममा हुनेछन् यी विशेष खेलहरू

$
0
0

काठमाडौँ, ४ जेठ ।  रसियाको सुन्दरमध्येका एक शहर सेन्ट पिटर्सबर्गमा अवस्थित यस रंगशालालाई क्रेस्टभेस्की स्टेडियमबाट समेत सम्बोधन गरिन्छ।

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको गृहनगरमा रहेको ६४ हजार २ सय ८७ दर्शक क्षमता रहेको यो रंगशालाको निर्माणलागत १ बिलियन अमेरिकी डलर बराबरको छ।

यो विश्वकै सर्वाधिक महँगो रंगशालामध्येको एकमा दरिएको छ। यस रंगशालाबाट फिनल्यान्डको खाडी सजिलै अवलोकन गर्न सकिन्छ।

यस रंगशालामा मोरोक्को र इरानले जुन १५ मा, रसिया र इजिप्टले १९ जुनमा, ब्राजिल र कोस्टारिकाले २२ जुनमा, नाइजेरिया र अर्जेन्टिनाले २६ जुनमा खेल्नेछन्। राउन्ड अफ १६ र सेमिफाइनलको म्याच आयोजना हुनेछ।

The post विश्वकप २०१८ः सेन्ट पिटर्सबर्ग स्टेडियममा हुनेछन् यी विशेष खेलहरू appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles