Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पेप गुवार्डीवाला म्यानसिटीमा अझै ३ वर्ष रहने

$
0
0

एजेन्सी, ४ जेठ । प्रशिक्षक पेप गुवार्डीवालाले म्यानचेस्टर सिटीका क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनले सिटीसँग थप दुई वर्षको सम्झौता गरेका छन् । यो सम्झौता पछि अब पेप गुवार्डीवाला सिटीमा सन् २०२१-२२ सम्म रहनेछन् ।

म्यानसिटी आएको पहिलो सिजन उनी उपाधिबिहिन भए । उनी प्रशिक्षक भएपछि पहिलो पटक उनी उपाधि जित्न असफल भएका थिए । तर, यस सिजन उनले इतिहास रच्दै सिटीलाई उपाधि जिताउन सफल भए । इएफएल कप र लिग उपाधि जिताउन सफल उनले क्लबमा आएपछि धेरै नै सुधार गरेका थिए । उनको क्लबले यस सिजन १०० अंक बनाउन सफल भएको थियो ।

क्लबसँग सम्झौता गरेपछि उनले भनेका छन्, ‘क्लबसँग सम्झौतापछि म निकै उत्साहित भएको छु । यसले एक खाले आनन्द दिएको छ भने अर्को सिजन थप राम्रो काम गर्न प्रोत्साहन गरेको छ ।’

The post पेप गुवार्डीवाला म्यानसिटीमा अझै ३ वर्ष रहने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles