काठमाडौं, ६ असोज । स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा एथ्लेटिको मड्रिडविरुद्धको खेलमा लिओनल मेसी घाइते भएका छन् ।
आरामको लागि अब उनी तीन साता मैदान बाहिर नै रहनेछन् । खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलमा परी उनी घाइते भएका हुन् ।
यसअघि उनले चोटकै कारण विश्वकप छनोटमा भेनेजुएलाविरुद्धको खेल गुमाएका थिए । घाइते भए पनि उनले यो सिजन उनले ला लिगामा पाँच वटै खेल खेले ।
स्टार मेस्सी च्याम्पियन्स लिग अन्तरगत १९ अक्टोबरमा हुने म्यानचेष्टर सिटीसँगको खेलमा फर्कने अनुमान गरिएको छ ।
The post ट्याकलमा परी घाइते भए मेसी, तीन साता मैदान बाहिर appeared first on Sajha Post.