Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भारतको ५०० औँ टेस्ट क्रिकेट, जित भन्दा हार धेरै

$
0
0

काठमाडौं, ६ असोज । भारतले टेस्ट क्रिकेटमा बिहिबार ५०० औं खेल खेलिरहेको छ । कानपुरमा जारी न्युजिल्याण्डसँगको टेस्ट क्रिकेट भारतको ५०० औँ खेल हो । भारत खेलेको ४९९ खेलमा १२९ मा जितेको छ भने १५७ खेलमा हार बेहोरेको छ । त्यस्तै २१२ खेल बराबरीमा टुङ्गिएको छ ।

virat

यसअघि अष्ट्रिलिया, वेष्ट इण्डिज र इंग्ल्याण्डले पाँच सय भन्दा धेरै खेल खेलिसकेका छन् । सन् १९३२ मा भारतले पहिलो टेस्ट इंग्ल्याण्डसँग लड्र्स मैदानमा खेलेको थियो । जसमा भारत ५८ रनले पराजित भएको थियो ।

sachin

भारतको अहिलेसम्म सबैभन्दा कम स्कोर भनेको ४२ हो, जुन सन् १९७४ मा इंग्ल्याडसँग खेलेको थियो । त्यस्तै सबैभन्दा ठूलो स्कोर भनेको ७२६ रन हो ।

india-cricket

भारतबाट सबैभन्दा बढी टेस्ट क्रिकेट सचिन तेन्दुलकरले खेलेका छन् । जसमा उनले ५१ शतक लगाएका थिए ।
भारतले बिहीबारबाट न्युजिल्याण्डसँग तीन टेस्ट क्रिकेट खेल्दैछ ।

The post भारतको ५०० औँ टेस्ट क्रिकेट, जित भन्दा हार धेरै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles