एजेन्सी, ८ जेठ । सन् २०१८ को विश्वकप हुन अब एक महिनाात्र बाँकी रहेको छ । रसियाले विश्वकपका लागि सबै तयारी पुरा गरेको बताइ सकेको छ ।
रसियाले विश्वकप आयोजना गर्नु एउटा ठुलै चुनौती भएपनि सबै तयारी पुरा भएको र सबै स्टेडियको सबै व्यवस्था पुरा गरेको बताएको छ ।
पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको रसियाले विश्वकपकालागि १२ वटा विशेष स्टेडियम तयार पारेको छ ।
आलियान्ज एरिनाको ढाँचामा निर्माण गरिएको यस स्टेडियम ओक्त्याब्रिस्कीमा अवस्थित छ। पश्चिममा पोल्यान्ड र पूर्वमा लिथुआनियाको भू–भागले घेरिएको यो क्षेत्र समुद्रतिर बग्ने दुई नदीको मध्य भागमा पर्दछ।
जसको पूर्वतिर मुख्य शहर अवस्थित छ। पुनर्निर्माणपछि २५ हजारबाट ३५ हजार २ सय १२ सिट क्षमता बढाइएको यस रंगशालाको लागत खर्च ३ सय मिलियन अमेरिकी डलर बराबर छ।
यस रंगशालामा क्रोएसिया र नाइजेरियाले जुन १६ मा, सर्बिया र स्विजरल्यान्डले जुन २२ मा, स्पेन र मोरोक्कोले जुन २५ मा तथा इंग्ल्यान्ड र बेल्जियमले २८ जुनमा खेल्नेछन्।
The post विश्वकप २०१८ः कालिनिन्गराड स्टेडियमबारे जान्नुहोस् यी तथ्यहरु appeared first on Sajha Post.