Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘रोनाल्डोभन्दा मेस्सीलाई रोक्न कठिन’

$
0
0

एजेन्सी, २१ जेठ । आर्सनलका डिफेण्डर मुस्ताफीले रोनाल्डोभन्दा मेस्सीलाई रोक्न कठिन हुने बताएका छन् । यस सिजन लियोनल मेस्सी उच्च फर्ममा रहेका छन् । उनले यस सिजन ४५ गोल गरेका थिए ।

त्यस्तै केही दिन अगाडि भएको मैत्रीपुर्ण खेलमा हाइटीविरुद्ध उनले ह्याट्रिक गरेका थिए । मुस्ताफीले ला लिगाबाट खेल खेलिरहँदाको अनुभव शेयर गर्दै लियोनल मेस्सीबारे बोलेका हुन् ।

उनले भनेका छन्, ‘लियोनल मेस्सी मेरो सबैभन्दा कठिन प्रतिस्पर्धी हुन् । उनीविरुद्ध मैले तीनपटक खेल्ने मौका पाए । सानो तर छिटो खेल प्रदर्शन गर्ने उनलाई रोक्न अति नै कठिन थियो । जब उनी सामु तीन जना फिेण्डर हुन्छन् तब पनि डिफेण्डहरु उनलाई रोक्न नसक्ने डरमा रहन्छन् ।’

उनले रोनाल्डोबारे समेत भनेका छन्, ‘रोनाल्डो भने डिएरियाबक्सबाट स्ट्राइक गर्न माहिर छन् ।
मेस्सी खेल्दा उनको टिम नै बलियो देखिने मुस्ताफी बताउँछन् ।’

The post ‘रोनाल्डोभन्दा मेस्सीलाई रोक्न कठिन’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles