काठमाडौं, २१ जेठ । जर्मनीले यही जुन १४ बाट रसियामा हुने विश्वकप फुटबलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।
साविक विजेता जर्मनीले प्रारम्भिक २७ सदस्यीय टोली घोषणा गरेको थियो । सोमबार घोषणा गरिएको अन्तिम टोलीमा गोलकिपर मानुएल नोएले स्थान बनाएका छन् भने विंगर लरेय साने र गोलकिपर बर्न्ड लेनो आउट भएका छन् । साने, लेनोसँगै जोनाथन ताह र निल पिटरसन पनि टिममा अटाएनन् ।
यस्तो छ २३ सदस्यीय जर्मनीको टोली-
गोलकिपर : मानुएल नोए, मार्क आन्द्रे टेर स्टेघन, केभिन ट्राप
डिफेन्डर : जेरोम बोएटाङ, माथियस जिन्टर, जोनास हेक्टर, माट्स हुमेल्स, जोसुआ किमिक, मार्भिन प्लाटेनहार्ड्ट, एन्टोनियओ रुडिगर, निकलस सुले
मिडफिल्डर : जुलियन ब्रान्ड्ट, युलियन ड्राक्सलर, इकाए गुन्डागोन, सामी खेडिरा, टोनी क्रुस, मेसुट ओजिल, लियोन गोरेट्जका, सेबास्टियन रुडी
फरवार्ड : मार्को रिउस, मारियो गोमेज, टिमो वेर्नर, थोमस मुलर
The post जर्मनीको विश्वकप टोली घोषणा, अटाएनन् यी चर्चित स्टारहरु appeared first on Sajha Post.