एजेन्सी,२४ जेठ । गएराति भएको विश्वकप मैत्रीपुर्ण खेलमा बेल्जियमले इजिप्टलाई ३-० गोलले पराजित गरेको छ ।
विश्वकपको दाबेदार टोली मानिएको बेल्जियमले सानदार जित हात पार्न सफल भएको हो ।
बेल्जियमका लागि रोमेलु लुकाकुले खेलको २७ औ मिनेटमा गोल गरे । खेलको ३८ औ मिनेटमा इडिन हजार्डले दोस्रो गोल गरे ।
पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको बेल्जियमलाई दोस्रो हाफमा पनि इजिप्टले रोक्न सकेन ।
खेल सकिन केही मिनेट बाँकी रहँदा फेललेनीले बेल्जियमका लागि तेस्रो गोल गरे । यो जितसँगै बेल्जियमले विश्वकपका लागि बलियो तयारी गरेको प्रतिक्रिया दिएको छ ।
The post बेल्जियमको सानदार जित appeared first on Sajha Post.