एजेन्सी,२४ जेठ । गएराति भएको विश्वकप मैत्रीपुर्ण खेलमा नाइजेरिया र पनामा पराजित भएका छन् ।
नाइजेरिया चेक रिपब्लिकसँग १-० गोलले पराजित भएको छ ।
चेक रिपब्लिकका लागि एकात्र गोल कालासले गरेका थिए ।
विश्वकपका लागि बलियो टिम मानिएको नाइजेरिया खासै गतिलो खेल पस्कन सकेन ।
त्यस्तै पनामा नर्वेसँग १-० गोलले नै पराजित भएको छ । नर्वेका लागि जोसुवा किङले एकमात्र गोल गरेका थिए ।
पहिलो पटक विश्वकपमा छनोट भएको पनामाले मैत्रीपुर्ण खेलमा जित हात पार्न सकेको छैन ।
The post विश्वकप मैत्रीपुर्ण खेलमा नाइजेरिया र पनामा पराजित appeared first on Sajha Post.