Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

साउदी अरबको फुटबल टोली सवार विमानमा आगो देखियो, सबै यात्रु सुरक्षित

$
0
0

एजेन्सी, ५ असार । साउदी अरबको फुटबल टीम सोमबार राति ठूलो दुर्घटनाबाट बाँचेको खुलासा भएको छ । यद्यपी टीम बुधबार फिफा विश्वकपका लागि उरुग्वेविरुद्ध हुन गइरहेको म्याचका लागि सेन्ट पिटर्सबर्गबाट रोस्तोव जाँदै थियो । एक्कासी रसियन एयरलाइन्सको एयरबस जेटमा खराबी देखियो । त्यसको केही समयपछि विमानमा आगो देखियो । यसैबीच पाइलटले रोस्तोव विमानस्थलमा विमानलाई सुरक्षित अवतरण गराए । विमानमा कति यात्रु सवार थिए त्यसबारे जानकारी प्राप्त भइसकेको छैन ।

सञ्चारमाध्यमका अनुसार विमानको बाहिरी भागमा आगो देखिएको थियो । आगो इञ्जिन नजिकै लागेको थियो । यस घटनाको केही भिडियो समेत बाहिर आइसकेको छ । तर, एयरलाइन्सले भने विमानमा आगो लागेको कुरा नकारिरहेको छ ।

एयरलाइन्सका अनुसार विमानमा चरा ठोक्किएपछि इञ्जिनमा खराबी आएको थियो । साउदी अरब फुटबलले विमानमा खराबी आएको र सबै खेलाडी सुरक्षित रहेको जानकारी गराएको छ ।

The post साउदी अरबको फुटबल टोली सवार विमानमा आगो देखियो, सबै यात्रु सुरक्षित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles