Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोले रुसमा ह्याट्रिक हान्दा पोर्चुगलमा शालिक फेरियो

$
0
0

काठमाडौं, ५ असार । रुस विश्वकप २०१८ को स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिक गरेका पोर्चुगल फुटबल टीमका क्याप्टेन क्रिस्टियानो रोनाल्डोको शालिक परिवर्तन गरिएको छ ।

पोर्चुगलको मदीरा विमानस्थलमा राखिएको रोनाल्डोको पुरानो शालिकलाई नयाँ शालिकले प्रतिस्थापन गरिएको हो ।
सबैलाई नयाँ शालिक पुरानोभन्दा निकै राम्रो भएको लागेकाे बताइएको छ ।

रोनाल्डोको जन्म पनि मदीरामा नै भएको थियो ।

पुरानो शालिक १६ महिनाअघि सो विमानस्थलमा राखिएको थियो । स्थानीय कलाकार इम्यानुएल सान्तोसले बनाएको सो शालिकको मुस्कुराहटलाई लिएर निकै मजाक उडाइएको थियो ।

The post रोनाल्डोले रुसमा ह्याट्रिक हान्दा पोर्चुगलमा शालिक फेरियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles