Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपाली महिला टोली समूह उपविजेता, एशिया कप खेल्न पाउने

$
0
0

काठमाडौं, २९ असोज । नेपाल महिला क्रिकेट टोलीले विश्वकपको अन्तिम चरणको छनौटमा स्थान बनाउन असफल भए पनि आगामी एशिया कपमा सहभागिता जनाउन पाउने भएको छ ।

nepal-women-vs-china-women

महिला क्रिकेट विश्वकपको एसियाली छनौट प्रतियोगितामा उप-विजेता भएपछि नेपालले यही सन् २०१६ को अन्तिममा थाइल्याण्डमा हुने एशिया कपमा सहभागिता जनाउन पाउने पक्का भएको हो ।

समूह उप-विजेता बन्ने क्रममा नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा चीनलाई ४ विकेटले पराजित गर्‍यो । चीनले दिएको ८६ रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो ।

त्यसपछि शनिबार नै भएको अर्को खेलमा समूह विजेता थाइल्याण्डले हङकङलाई ७ विकेटले हराएपछि ३ खेल जितेको नेपाल समूह उपविजेता बनेको हो । विजेता थाइल्याण्डले महिला विश्वकपका लागि अन्तिम चरणको छनौट खेल्नेछ ।

The post नेपाली महिला टोली समूह उपविजेता, एशिया कप खेल्न पाउने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles