Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भाइलाई जिताउन हारे यी बाजिगर, विश्वभर चर्चा (भिडियोसहित)

$
0
0

एजेन्सी । रियो ओलम्पिकका गोल्ड मेडलिष्ट एलिष्टर ब्राउनलीले हालै मेक्सिकोमा आयोजित एक अन्तराष्ट्रिय रेसमा जे गरे, त्यसले उनलाई वास्तविक हिरो बनाइदिएको छ ।

उनीसँगै उनका भाइ जोनी ब्राउनली पनि मेक्सिकोमा आयोजित ITU triathlon मा सहभागी थिए ।

सुरुमा भाइ जोनी उनीभन्दा केही सेकेण्ड अघि थिए । तर, फिनिसिङ लाइनमा पुग्नै लाग्दा उनी कुद्नै नसक्ने गरी सिथिल भए । उनको पछि-पछि आफूभन्दा दुई वर्ष जेठा दाइ एलिस्टर आउँदै थिए । अघि रहेका जोनी रोकिएपछि उनले गोल्ड जित्ने पक्का-पक्की थियो ।

alister-brownlee

तर, उनले गोल्डको लोभ गरेनन् । आफ्नो भाइलाई साथ लिएर अघि बढे । भाइको समेत भार उठाउनु पर्दा उनी रेसमा केही ढिला हुन पुगे । सोहीकारण तेस्रो स्थानमा रहेका दक्षिण अफ्रीकाका हेनरी शूमनले उछिन्न भ्याए । गोल्ड उनको भागमा पर्‍यो । त्यसपछि एलिष्टर आफ्ना भाइलाई समेत लिएर फिनिसिङ लाइन नजिक पुगे । त्यहाँ पनि आफू रोकिएर भाइलाई अघि धकेले । भाइलाई सिल्भर जिताएर आफूले कास्यमा चित्त बुझाए । यदि भाइको वास्ता नगरेको भए उनले लगातार दोस्रो अन्तराष्ट्रिय गोल्ड मेडल जित्ने थिए । तर उनले त्यसको परबाह गरेनन् । जसले उनलाई असली हिरो बनाइदियो ।

अहिले विश्वभर उनको चर्चा भइरहेको छ । ओलम्पिकमा गोल्ड जित्दा पाएको भन्दा बढी चर्चा र वाहवाही यी ब्रिटिश खेलाडीले अहिले पाएका छन् । जसले दाजुभाइबीचको ममता मात्र दर्शाएका छैनन्, संसारभरका सबै दाजुभाइलाई एकपटक सोच्न बाध्य पारेका छन् ।

भिडियो:

The post भाइलाई जिताउन हारे यी बाजिगर, विश्वभर चर्चा (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles