Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पोर्चुगलको जीतः रोनाल्डोको नयाँ किर्तिमान

$
0
0

मस्को । विश्वकप फुटबलको समूह ‘बी’ को म्याच अन्तर्गत आज भएको खेलमा पोर्चुगलले मोरक्कोलार्इ १–० ले पराजित ग¥यो । खेल सुरु भएको चौथाे मिनेटमा कप्तान समेत रहेका क्रिस्टियानो रोनाल्डोले गरेको गोलले नै पोर्चुगललाई विजयी बनायो ।

मोरक्कोविरुद्वको पहिलो गोलसँगै स्टार खेलाडी रोनाल्डोले एउटा नयाँ किर्तिमान भंग गरेका छन् । उनी युरोपेली राष्ट्रहरुमध्ये सर्वाधिक गोलकर्ता बनेका छन् भने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा पर्न सफल भएका छन् ।

यो सँगै अन्तर्राष्ट्रिय म्याचमा रोनाल्डोको जम्मा ८५ गोल भएको छ । यो विश्वकपमा उनको चौथो गोल हो ।

रोनाल्डोको यो गोलसँगै युरोपियन टोलीका तर्फबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछन् । पुस्कासलाई उछिनेपछि रोनाल्डोको टार्गेट अब पोर्चुगलका लागि १ सय गोल हुनेछ ।

इरानका पूर्व फरवार्ड अली देईले राष्ट्रिय टोलीका लागि १०९ गोल गरेका थिए । रोनाल्डो यही रफ्तारमा अघि बढ्ने हो भने फरवार्ड अलीको किर्तिमानलाई भेटाउन लामो समय लाग्ने छैन ।

The post पोर्चुगलको जीतः रोनाल्डोको नयाँ किर्तिमान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles