Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मैदानमा उत्रनुअघि मेसीलाई अर्को तनाव, फेरि कर छलिमा मुछिए

$
0
0


एजेन्सी, ७ असार । फिफा विश्वकप २०१८ मा पहिलो खेलमा अपेक्षित नतिजा ल्याउन नसक्दा आलोचना व्यहोरिरहेका अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीलाई अर्को तनाव थपिएको छ । मेसीको नाम पनामा पेपर्स-२ मा पनि परेपछि उनलाई तनाव थपिएको हो ।

खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स-२ सार्वजनिक गरेसँगै मैदानमा रहेका मेसीलाई अर्को चिन्ता थपिएको छ ।

पनामा पेपर्स-१ मा पनि मेसी मुछिएका थिए । स्पेनिस कानुनअनुसार उनी जेल बस्नबाट बँचेका थिए । उनलाई सुरुमा स्पेनिस अदालतले २१ महिला जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । स्पेनिस कानुनअनुसार २ वर्षभन्दा कम सजायँ पाउँदा जेल बस्नु पर्दैन । त्यतिबेला मेसीले पनामा पेपर्सले दावी गरेअनुसारको कम्पनी पूरै निष्क्रिय रहेको दावी गरे पनि उक्त कम्पनि सक्रिय नै भएको पाइएको थियो ।

भर्खरै सार्वजनिक गरिएको पनामा पेपर्स-२ ले मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको खुलासा गरेको छ ।

पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान रोजेकोबारे तथ्यहरु सार्वजनिक गर्दै आएको छ । यसलाई ‘ट्याक्स हेभन’ पनि भनिन्छ ।

मेस्सीले स्पेनिस अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । तर, पहिलो पटक २ वर्षभन्दा कम सजाय पाउँदा जेल बस्नु नपर्ने स्पेनिस कानुन अनुसार मेस्सी जेल बस्नु परेको थिएन ।

The post मैदानमा उत्रनुअघि मेसीलाई अर्को तनाव, फेरि कर छलिमा मुछिए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles