Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

डिएगो कोस्टाको गोलमा स्पेनद्वारा इरान पराजित

$
0
0


काठमाडौं, ७ असार । विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्पेनद्वारा इरान १-० ले पराजित भएको छ । डिएगो कोस्टाले ५४औं मिनेटमा गरेको गोलसँगै स्पेन जित दर्ता गरेको हो ।

स्पेनलाई बराबरीमा रोक्न ६४औं मिनेटमा इरानले स्पेनको पोस्टमा गोल गरे पनि रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । इरानका सेइद इजाटोलहीले हेडमार्फत गरेको गोललाई रेफ्रीले अफसाइड दिए ।

भिडियो रेफ्रीको अफसाइड घोषणासँगै इरानको सेलिब्रेसन खेर गएको थियो ।

यो जितसँगै स्पेनेले तीन अंक थपेर समूह ‘बी’मा चार अंक बनाएको छ । पहिलो खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेलेर एक-एक अंक बाँडेका थिए ।

समूह ‘बी’बाटै बुधबार रातिको खेल जितेर पोर्चुगलले पनि चार अंक जोडेको छ ।

The post डिएगो कोस्टाको गोलमा स्पेनद्वारा इरान पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles