Quantcast
Viewing all articles
Browse latest Browse all 7991

आजैका दिन म्याराडोनाले देखाएका थिए विश्वले नबिर्सने यस्तो कमाल

Image may be NSFW.
Clik here to view.

एजेन्सी, ८ असार । मेक्सिकोमा दोस्रोपटक १९८६ को विश्वकपको आयोजा भएको थियो । उक्त विश्वकप पूर्णरुपमा अर्जेन्टिनाका कप्तान डिएगो म्याराडोनाको नाममा रह्यो ।

म्याराडोनाको तागतमा अर्जेन्टिना उक्त विश्वकपमा दोस्रोपटक विश्वविजेता बनेको थियो । फाइनलमा अर्जेन्टिनाले वेस्ट जर्मनीलाई ३-२ ले हराएर दोस्रोपटक विश्वकपको उपाधि रक्षा गरेको थियो ।

उक्त विश्वकपमा सधैंजस्तै अर्जेन्टिनी कप्तान म्याराडोनाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त प्रदर्शन संसारले कहिल्यै भुल्न सक्दैन । उनकै तागतमा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।

फाइनलभन्दा पहिला इङ्ल्याण्डको विरुद्ध क्वाटर फाइनलमा म्याराडोनाले दुई गोल गरेका थिए । उनकै गोलको बलमा अर्जेन्टिनाले २-१ ले इङ्ल्याण्डविरुद्ध जित निकालेको थियो । त्यतिबेला उनले गरेको दुई गोलको सधैं चर्चा हुन्छ । उनको गोल विवादित पनि रहँदै आएको छ । अर्जेन्टिनाले १९८६ भन्दा पहिला १९७८ मा पनि आफ्नै आयोजनाको विश्वकप जितेको थियो ।

म्याराडोनाले त्यतिबेला बल हातले लगेर पोष्टमा गोल गरेका थिए तर, रेफ्रीले उक्त दृश्य देख्न सकेनन् र गोलको मान्यता दिए । म्याराडोनाले उक्त कदमलाई भगवानको मर्जी भन्दै ‘ह्याण्ड अफ गड’को नाम दिएका थिए । उक्त गोल आज पनि त्यही नामले चर्चित छ ।

हातले गोल गरेको चार मिनेटपछि उनले अर्को सुन्दर गोल गरे जसलाई शताब्दीकै गोल अथवा गोल अफ दि सेञ्चुरी भनिन्छ । म्याराडोनाले इङ्लिश गोलकिपरसहित पाँच खेलाडीलाई चक्मा दिएर उक्त गोल गरेका थिए । उनले प्रतियोगितामा कुल ५ गोल गरेका थिए ।

१९८६ मे ३१ देखि २९ जुनसम्म १३औं फिफा विश्वकपको आयोजना मेक्सिकोमा भएको थियो । मेक्सिकोले यस्तो अवसर दोस्रोपटक पाएको थियो । यसअघि उसले १९७० मा पनि विश्वकप आयोजना गर्ने अवसर पाएको थियो । त्यतिबेला मेक्सिको दुईपटक विश्वकप आयोजना गर्ने संसारकै पहिलो देश बनेको थियो ।

Image may be NSFW.
Clik here to view.

Image may be NSFW.
Clik here to view.

Image may be NSFW.
Clik here to view.

The post आजैका दिन म्याराडोनाले देखाएका थिए विश्वले नबिर्सने यस्तो कमाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles