एजेन्सी, ८ असार । फिफा विश्वकपको पहिलो खेलमै इतिहास रच्न सफल आइसल्याण्ड दोस्रो खेलमा पनि जीतको आसमा मैदानमा उत्रिनेछ । समुह ‘डी’मा रहेको आइसल्याण्डले आज नाइजेरियासँग खेल्दैछ । पहिलो खेलमा आइसल्याण्डले उपाधि दाबेदार अर्जेन्टिनालाई बराबरीमा रोकेको थियो ।
रसिया आउँदा आइसल्याण्डसँग खासै राम्रै आस थिएन । तर, दुई पटक उपाधि चुमिसकेको अर्जेन्टिनालाई रोकेपछि यतिबेला आइसल्याण्ड अरुलाई पनि टक्कर दिने स्थितिमा देखिएको छ । नाइजेरिया क्रोएशियासँग २-० ले पराजित भइसकेो छ । आजको खेलमा नाइजेरिया पराजित भएमा उ समुहचरणबाट बाहिरिने छ । तर, नाइजेरियाले जित हासिल गरेमा बाँकी तीनै टोलीको सम्भावना उत्तिकै रहनेछ ।
आइसल्याण्डले आजको म्याचमा जीत दर्ता गर्न सकेमा र अर्को खेलमा अर्जेन्टिना पराजित भएमा उ अन्तिम १५ मा पुग्नेछ । आइसल्याण्डलाई त्यहाँको मौसमले केही असर गर्ने बताइरहँदा सह-प्रशिक्षक हेल्गे कोल्विडसनले अभ्यासका क्रममा भने, ‘हामीले तापक्रमको बारेमा चिकित्सकसँग भनेका छौं र आफ्नो तर्फबाट पूरा तयारी गरेका छौं । खेलाडीहरुलाई भिटामिन दिइनेछ जसले उनीहरुलाई मदत मिल्नेछ ।’
नाइजेरिया विश्वकपमा परिचित टीम हो भने आइसल्याण्ड नयाँ टीम हो । आइसल्याण्डको मौसमबाहेक अर्को चिन्ता भनेको विंगर जोहान बर्ग गुडमुंडसन
हुन् । उनलाई पहिलो खेलमा चोट लागेको थियो । तर, गिल्फी सिगुरडसनले नाइजेरियाविरुद्ध अहम भूमिकाको आशा गरिएको छ ।
The post अर्जेन्टिनालाई रोकेको आइसल्याण्ड नाइजेरियाविरुद्ध विजयी सुरुआत गर्ने दाउमा appeared first on Sajha Post.