Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

खेलाडीका अन्धविश्वास : निलो अन्डरवयर लगाउनेदेखि गोलकिपरको शिर चुम्नेसम्म

$
0
0

एजेन्सी, ८ असार । रसियामा जारी विश्वकपमा रोमाञ्चकता थपिँदै गएको छ । अन्य खेलजस्तै यस खेलमा पनि केही खेलाडीहरु अन्धविश्वासी देखिएका छन् । उनीहरु ‘गुडलक’का लागि केही न केही गर्छन् वा लगाउँछन् । जसले उनीहरुलाई राम्रो खेल प्रदर्शन हुनेमा आशावादी बनाउँछ । प्राय: खेलाडीहरु खेलमा राम्रो गर्न मैदानमा उत्रिनुअघि, मैदानमा उत्रिँदा र खेलको क्रममा केही प्रयोग गर्छन् । यसमध्ये केही अन्धविश्वासहरुले त अचम्मित समेत बनाउँछ ।

केही खेलाडीहरुले राम्रो खेल प्रदर्शनका लागि गर्ने गरेका अन्धविश्वासहरु यसप्रकार छन् :

ब्राजिलका फुटबलर मार्सेलो मैदानमा उत्रिँदा लाइनभित्र सँधै दाहिने पाइला राख्छन् ।

कोलम्बियाका गोलकिपर हेगुइटाले करियरमै सँधै निलो अन्डरवेयर लगाएर मैदानमा उत्रिन्थे ।

इंग्ल्याण्डका फिल जोंस गुडलकका लागि सेतो लाइनमा जान मन पराउँदैनन् ।

मोरक्कोका प्रशिक्षक हर्वे रेनार्ड आफ्नो टीमको खेलमा सेतो शर्ट लगाउँछन् । सन् २०१२ देखि उनले यस्तो गर्दै आएका छन्, जब उनको टीमलाई अफ्रिकी कप अफ नेशंनको सफलता मिलेको थियो ।

सन् १९९८ को विश्वकपमा टीमका अधिकांश खेलाडीले गोलकिपरको शिरमा हात राख्थे । त्यस्तै डिफेन्डर लोरेन्ट ब्लांक म्याचअघि बार्थेजको शिरमा चुम्थे ।

जर्मनीका स्ट्राइकर मारियो गोमेज गुडलकका लागि म्याचअघि देब्रे साइडमा बनेको ट्वाइलेट प्रयोग गर्छन् ।

जर्मनीका अर्का खेलाडी जूलियन ड्रैक्सलेर हर म्याच अगाडी परफ्यूम लगाउँछन् ।

The post खेलाडीका अन्धविश्वास : निलो अन्डरवयर लगाउनेदेखि गोलकिपरको शिर चुम्नेसम्म appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles