Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेयमारको ‘नाटक’ले संसार अचम्मित

$
0
0

एजेन्सी, १९ असार । गएराति ब्राजिल र मेक्सिको प्रि-क्वाटरफाइनलमा भिडे । नतिजा ब्राजिलले आफ्नो पक्षमा पार्‍यो । ब्राजिलका लागि दुवै गोलमा नेयमार नायक बने । उनले एक गोल गर्दा अर्को गोलका लागि सहयोग गरे । तर, मैदानमा उनीमाथि मेक्सिकोको खेलाडीले फल गरे । उनी लडे । लड्दा उनलाई गम्भीर चोट लागे जसरी छट्पटाए । रनभूल्लमा परेको जस्तो भान गराइदिए । र, एकैछिनमा पुरानो अवस्थामा फर्किए । यसलाई धेरैले ‘नाटक’ भनेका छन्

‘नेयमारले ब्राजिललाई खुशी दिए तर संसारलाई निराश बनाए’ ब्राजिलको ग्लोबो नाम गरेको पत्रिकामा यो शीर्षकमा खबर छापियो । जसमा लेखिएको थियो कि नेयमार एउटै म्याचमा उत्कृष्ट फुटबल र नाटकको नमुना एकैसाथ पेश गर्न सक्छन् ।

पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीपछि विश्व फुटबलमा उनको नाम लिन थालिएको छ । उनी संसारकै सबैभन्दा महंगो खेलाडी समेत हुन् ।

उनको नाटक गर्ने बानीबाट तटस्थ समर्थकबीच पनि आलोचना हुने गरेको छ । ब्राजिलविरुद्ध मेक्सिको खेलिरहँदा उनको बानीलाई दर्शकले राम्रैसँग छाम्न पाए । म्याच सकिन करिब २० मिनेट बाँकी रहँदा नेयमारका कारण खेल रोक्नुपर्‍यो ।

मेक्सिकोको खेलाडी मिगुअल लायुनले उनलाई फल गर्दा उनी जोडसँग चिच्याए मानौं उनलाई असह्य पीडा भइरहेको छ ।

उनको यस हर्कतपछि ब्राजिलियन टीम, मेक्सिकोका खेलाडी, रेफ्री र अन्य प्रतिनिधिहरु मैदानमा ओइरिए र केहीबेर चहलपहल गरे ।

म्याच सकिएपछि लायुनसँग जोडिएको प्रश्नमाथि उनका म्यानेजर टाइटेले भने, ‘उनी नेयमारमाथि चढेका थिए । मैले आफैंले स्क्रिनमा देखेको हो ।’

अन्य खेलाडी के भन्छन् ?

‘म आलोचना या तारिफमा खासै ध्यान दिन्नँ किनकी यसले व्यक्तित्वमा असर पर्छ । पछिल्लो दुई म्याचमा मैले प्रेससँग कुराकानी नै गरेको छैन किनकी म यो चाहन्नँ ।’

‘मलाई मात्र खेल्नु छ, आफ्नो टीमलाई मदत गर्नु छ ।’

एस्टर भिल्लाका पूर्व स्ट्राइकर डियोन डबलिनले भने, ‘मलाई नेयमारका कारण लाज महसुस भइरहेको छ ।’

नेयमारको सामाजिक सञ्जालमा ट्रोलहरु बनेका छन्, जसको केही नमुना तल प्रस्तुत गरिएको छ :

-एजेन्सीहरुको सहयोगमा 

The post नेयमारको ‘नाटक’ले संसार अचम्मित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images