Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्वीजरल्याण्डविरुद्ध संघर्षपूर्ण जितसँगै स्वीडेन २४ वर्षपछि क्वाटरफाइलनमा

$
0
0

सेन्ट पिटर्सबर्ग (एजेन्सी), १९ असार । विश्वकपको सातौं प्रि-क्वाटरफाइनल खेलमा स्वीडेनले स्वीजरल्याण्डविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेको छ । खेलमा अधिकांश पोजेशन स्वीजरल्याण्डले राखे पनि गोल गर्न भने सकेन ।

पहिलो हाफ गोलरहित बराबरी खेले पनि खेलको ६६औं मिनेटमा इमिल फोर्सबर्गले स्वीजरल्याण्डको पोष्टमा जाली चुमाएर स्वीडेनलाई अग्रता दिलाए । इमिलको यो गोल नै स्वीडेनको जितका लागि निर्णायक बन्यो । इन्जुरी समयको ४औं मिनेटमा माइकल ल्याङले रातो कार्ड पाएसँगै स्वीजरल्याण्डको टोली १० खेलाडीमा समेटियो ।

यो जितसँगै स्वीडेनले रसिया विश्वकपको अन्तिम ८ को यात्रा पक्का गरेको छ । स्वीजरल्याण्ड समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । स्वीडेन पनि जर्मनी रहेको समूह ‘एफ’ को विजेताका रुपमा अन्तिम १६ मा छनोट हुन सफल भएको थियो ।

स्वीडेन २४ वर्षपछि विश्वकपको अन्तिम ८ मा पुग्न सफल भएको छ । यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा स्वीडेनले तेस्रो स्थान हात पारेको थियो । यता स्वीजरल्याण्डको राम्रो नतिजा सन् १९९५ पछि अन्तिम ८ मा पुग्ने सपना पूरा हुन सकेन । त्यसयता स्वीजरल्याण्ड क्वार्टरफाइनलमा नपुग्दै बाहिरिदै आएको छ ।

स्वीजरल्याण्डका डिफेन्डरद्वय फाबियन स्चइर तथा कप्तान स्टेफिन लिचेस्टाइन लगातार २ खेलमा पहेँलो कार्डका पाएक कारण स्वीडेनबिरुद्ध खेल्न पाएनन् । यस्तै, स्वीडेनका जान एन्डर्सन पनि कार्डका कारण मैदानमा देखिएनन् ।

‘अन्डरडग’को छवि बनाएको स्वीडेन फिफा वरीयतामा फड्कोसँगै विश्वकप फुटबलमा पुरानो सपना पूरा गर्न सफल भएको छ । स्वीजरल्याण्डविरुद्धको खेलमा स्वीडेनको रक्षापंक्तिले मुख्य भूमिका निर्वाह गरेको छ ।

दुई टिमबीच अहिलेसम्म ३० पटक प्रतिस्पर्धा भएको छ । जसमा स्वीजरल्याण्डले ११ खेलमा जित निकाल्दा स्वीडेन पनि १० खेलमा विजयी भएको छ भने ८ खेल बराबरीमा सकिएको छ। मुख्य प्रतियोगितामा भने दुई टिमबीच पहिलो पटक प्रतिस्पर्धा भएको हो ।

The post स्वीजरल्याण्डविरुद्ध संघर्षपूर्ण जितसँगै स्वीडेन २४ वर्षपछि क्वाटरफाइलनमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles