Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कोलम्बियालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश

$
0
0

काठमाडौँ, २० असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपको अन्तिम १६ को अन्तिम खेलमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको छ ।

पेनाल्टी सुटआउटमा इंग्ल्याण्डले कोलम्बियालाई ४–३ ले गोलले पराजित गरेको हो ।

पहिलो हाफमा दुवै टिमले सानदार खेल प्रदर्शन गरेका थिए । तर, गोल गर्न भने सकेनन् । तर, दोस्रो हाफ भने अति नै रोमाञ्चक रह्यो । खेलको ५७ औँ मिनेटमा इंग्ल्याण्डले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । उसका लागि ह्यारी केनले गोल गरे । डिबक्सभित्र इंग्ल्याण्डका कप्तान समेत रहेका ह्यारी केनलाई लडाएपछि पाएको पेनाल्टीको कप्तान केनले सदुपयोग गरे । तर, खेल सकिन केही मिनेटमा बाँकी रहँदा कोलम्बियाले बराबरी गोल फर्काएको थियो ।

कोलम्बियाका लागि यारी मिनाले खेलको ९३ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यस्पछि थपिएको ३० मिनेट भित्र पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउट मार्फत हार जित छुट्याईएको हो । पेनाल्टी सुटआउटमा इंग्ल्याण्डको तर्फबाट जोर्डन हेण्डरसन गोल गर्न चुकेका थिए भने कोलम्बियाको तर्फबाट उरिब र कालोर्स बक्का गोल गनै चुके । अब क्वाटरफाइनलमा इंग्ल्याण्डले स्वीडेनसँग खेल खेल्नेछ ।

The post कोलम्बियालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles