Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोले रियल मड्रिड छाड्ने, युभेन्ट्स जाने

$
0
0

काठमाडौँ, २० असार । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्स जान तयार रहेको मिडिया रिपोर्टमा उल्लेख छ । युभेन्ट्स र रियलबीच रोनाल्डोलाई लिएर सहमति भएको बताइएको छ ।

रियलले १०० मिलियन युरोमा रोनाल्डोलाई बेच्न तयार रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार रोनाल्डोले अब वार्षिक २६.५ मिलियन युरो कमाउनेछन् ।

३३ वर्षिय रोनाल्डोले चार युभेन्ट्ससँग ४ वर्षको लागि सम्झौता गर्ने बताइएको छ ।

रोनाल्डोको १ बिलियन बाइआउट क्लज रहेको छ । तर, केही फुटबल विश्लेषकहरुका अनुसार रोनाल्डोले रियल छोड्ने सही समय हो । यो हल्लामात्र वा यथार्थ यो अबको केही दिनमा नै निश्चित हुने समेत उनीहरुले बताएका छन् ।

The post रोनाल्डोले रियल मड्रिड छाड्ने, युभेन्ट्स जाने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles