काठमाडौँ, २० असार । ब्राजिलियन स्टार खेलाडी नेयमारलाई भित्र्याउन स्पेनिस क्लव रियल मड्रिडले ३ सय १० मिलियन युरो प्रस्ताव गरेको हल्ला व्यापक फैलिएको थियो । तर, एक मिडिया रिपोर्टकाअनुसार रियलले नेयमारलाई लिएर पिएसजी क्लबसँग कुनै पनि छलफल नगरेको बताएको छ ।
पछिल्लो समय नेयमारलाई लिएर रियलले ठुलै प्रयास चालेको बताइएको थियो ।
उनलाई पिएसजीले बार्सिलानाबाट किर्तिमानी २ सय २२ मिलियन युरोमा अनुबन्धित गरेको थियो ।
विश्वकपमा समेत चर्चा कमाइ रहेका नेयमारलाई रियलमा स्वागत गर्न खेलाडीहरु आतुर रहेका छन् ।
तर, पिएसजी क्लबले उनलाई नबेच्ने बताउँदै आइरहेको छ ।
The post नेयमारबारे बोल्यो रियल मड्रिड, दियो यस्तो प्रतिक्रिया appeared first on Sajha Post.