Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पराजयको पीडाः मेसी घर फर्कँदा मोनोतोषले मृत्यू रोजे

$
0
0

एजेन्सी, २० असार । पराजयको पीडा भुल्न गाह्रो हुन्छ । तर, खेलपछि खेलाडीहरुले पीडालाई सामान्यरुपमा लिन्छन् र सहज जीवनमा फर्कन्छन् । किनकी उनीहरुलाई थाहा हुन्छ कि प्रतिष्पर्धामा जित्ने भन्दा हार्ने धेरै हुन्छन् ।

खेलाडीको लागि सहज लाग्ने यही यथार्थ समर्थकहरुमध्ये कसैलाई सहनै नसक्ने कुरा बनिदिन्छ । यस्तै भयो भारतमा । वेष्ट बंगालका २० वर्षीय मोनोतोष हाल्दरले अर्जेन्टिनाको पराजयको पीडा सहन नसकी आत्महत्या गरेका छन् ।

प्रि-क्वाटरफाइनलमा अर्जेन्टिनाले फ्रान्ससँग ४-३ को पराजय व्यहोर्‍यो । मोनोतोष अर्जेन्टिना र मेसी भनेपछि हुरुक्क हुन्थे । मेसीको पराजयसँगै मनमा विभिन्न कुरा खेलाएर सुतेका उनी शनिबार बिहान नरमाइलो मानिरहेका थिए । शनिबार साँझ परिवारसँग डिनर गरेपछि ‘गुड बाई, सुत्न जान्छु’ भनेर ओछ्यानमा गए ।

भोलिपल्ट अबेलासम्म छोरा नआएपछि कोठामा जाँदा भित्रबाट कुनै जवाफ आएन । प्रहरी बोलाएर ढोका फोड्दा उनी पंखामा झुण्डिएको अवस्थामा मृत भेटिए ।

भारतीय प्रहरीका अनुसार मोनोतोषका अभिभावकले आफ्नो छोरो कुनै मानसिक रोगबाट ग्रसित नभएको बताएका छन् । फुटबल आउँदा सधैं टिभीमा झुण्डिने उनी मेसीका असाध्यै फ्यान थिए ।

यसअघि पनि केरलाका दिनु एलेक्सले अर्जेन्टिना क्रोएसियासँग पराजित हुँदा नदीमा हाम फालेर आत्महत्या गरेका थिए ।

The post पराजयको पीडाः मेसी घर फर्कँदा मोनोतोषले मृत्यू रोजे appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles