काठमाडौँ, २१ असार । टी–२० भारतमा सानदार प्रस्तुती गरेर विश्वमै चर्चित बनेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले पुनः अर्काे सानदार प्रस्तुती देखाएका छन् ।
टोरन्टोमा जारी ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा सन्दिपको प्रदर्शनपछि मोन्ट्रियल टाइगर्सले चौथो खेलमा आएर पहिलो जित हात पारेको छ । मोन्ट्रियलले बुधबार इडमोन्टन रोयल्सलाई १५ रनले हराएको हो ।
सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १६ रनमात्र खर्चेर १ विकेट लिए ।
सन्दीपले भ्यानकोभर नाइटसँग ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर १ विकेट लिएका थिए । वेस्ट इन्डिज ‘बी’ सँग २ विकेटले पराजित खेलमा निकै महँगा साबित सन्दीपले ४ ओभरमा ५७ रन खर्चेर १ विकेट लिएका थिए ।
टस हारेर ब्याटिङ गर्न आएको मोन्ट्रियलले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सकेको थियो ।
The post टोरन्टोमा सन्दीपको सानदार प्रदर्शन appeared first on Sajha Post.