Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

टेस्ट क्रिकेटमा बंगलादेशको लज्जास्पद किर्तिमान

$
0
0

एजेन्सी, २१ असार । क्रिकेटमा हरेक दिन नयाँ-नयाँ किर्तिमानहरु बन्ने गर्छन् । त्यस्तै बुधबार वेस्टइंडिज र बंगलादेशबीच भएको दुई टेस्ट म्याचको सिरिजको पहिलो म्याचमा एक लज्जास्पद किर्तिमान बन्यो । उक्त टेस्टमा बंगलादेशको टीम मात्र ४३ रनमा समेटियो ।

वेस्ट इंडिजले एंटीगामा खेलेको टेस्टमा बंगलादेशलाई १८.४ ओभरमा ४३ रनमा समेटेको हो । यो बंगलादेशले टेस्टको एक पारीमा बनाएको सबैभन्दा कम स्कोर हो । उक्त म्याचमा बंगलादेशका लागि लिटन दासले सर्वाधिक २५ रन बनाए । दास बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । वेस्टइंडिजका तिव्र गतिका बलर केमार रोचले सर्वाधिक ५ विकेट लिए । उनको बलिङको विश्लेषण ५-१-८-५ रह्यो । त्यस्तै मिग्युएल कमिंसले ३ र जेसन होल्डरले २ विकेट हात पारे ।

यसअघि बंगलादेशको न्यूनतम स्कोर ६२ रन थियो । जुन उसले श्रीलंकाविरुद्ध सन् २००७ मा बनाएको थियो । त्यस्तै टेस्टको एक पारीमा बनेको न्यूनतम स्कोर न्यूजिल्याण्डको छ । न्यूजिल्याण्ड इंग्ल्याण्डविरुद्ध सन् १९५५ मा २६ रनमा समेटिएको थियो ।

The post टेस्ट क्रिकेटमा बंगलादेशको लज्जास्पद किर्तिमान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles