काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोमाथि म्यानचेष्टर सिटीले शानदार जित दर्ता गरेको छ । यो जितसँगै उसले नाउ क्याम्प हारको सशक्त बदला लिएको छ । दुर्इ साता अघि नाउक्याम्पमा भएको भेटमा सिटी ४-० ले पराजित भएको थियो ।
च्याम्पियन्स लिगको समूह चरण अन्तरगत मंगलबार राति सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले बार्सिलोनामाथि ३-१ को जित दर्ता गरेको हो ।
बार्सिलोनाको लागि खेलको २१ औं मिनेटमा लिओनल मेस्सीले एक गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । काउन्टर अट्याकमा नेयमारले दिएको पासलाई गोलमा बदल्दै मेस्सीले च्याम्पियन्स लिगमा ९० औं गोल गरेका हुन् ।
तर बार्सिलोनाको अग्रता लामो समय टिकेन । खेलको ३९ औं मिनेटमा गुन्डोगनले सिटीका लागि बराबरी गोल फर्काए । सार्गी रोबर्टोको गल्तीको फाइदा उठाउँदै राहम स्टलिङले गोलपास मिलाइदिएपछि गुन्डोगनले गोल गरेका थिए ।
यसैगरी ५१ औं मिनेटमा केभिन डि ब्रुयेनले डि बक्स बाहिर पाएको फ्रिकिकमा गोल गर्दै म्यानचेष्टर सिटीलाई अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोलीले बार्सिलोनासँग बदला लिँदै जित पक्का गर्न सक्यो ।
The post म्यानचेष्टर सिटीले नाउ क्याम्प हारको बदला लियो, बार्सिलोनामाथि शानदार जित appeared first on Sajha Post.