काठमाडौँ, २२ असार । अर्जेन्टिना फुटबल लिजेण्ड डियोगा म्याराडोनाले यसपटकको विश्वकप ब्राजिलले जित्ने बताएका छन् ।
विश्वकपमा ब्राजिलको सानदार खेल प्रदर्शन रहेको र विश्वकपको दाबेदार ब्राजिलनै भएको उनले बताए ।
उनका अनुसार ब्राजिल निकै बलियो रहेको र उनीहरू उपाधिको प्रबल दाबेदार रहेको छ ।
उनले नेयमारमाथि भइरहेका फाउलको आलोचनासमेत गरेका छन्। अन्तिम १६ मा मेक्सिकोसँगको खेलमा नेयमार लयमा देखिएका थिए। पछिल्ला ४ खेलमा उनी त्यसमा बढी प्रभावकारी मानिएको छ।
ब्राजिलले क्वाटरफाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ ।
The post फुटबल लिजेण्ड म्याराडोना भन्छन्ः ब्राजिलले विश्वकप जित्छ appeared first on Sajha Post.