काठमाडौँ, २२ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकप रोमाञ्चक मोडमा आइपुगेको छ । शुक्रबार राति दुई रोमाञ्चक खेल हुँदैछन् ।
पहिलो खेल फ्रान्स र उरुग्वेबिच हुनेछ । दुईपटकको विश्वकप विजेता र एकपटकको विश्वकप विजेताबिच विश्वकपको क्वाटरफाइनल खेलमा आमनेसामने हुँदैछ ।
समुह चरणको खेलमा शतप्रतिशत नतिजा निकालेको उरुग्वे उच्च लयमा रहेको छ । उसले प्रिक्वाटरफाइनल खेलमा पोर्चुगलजस्तो बलियो टोलीलाई २-१ गोलले पराजित गरेको थियो ।
त्यस्तै समुह चरणमा इजिप्ट, साउदी अरेबिया र रसियामाथि जित दर्ता गरेको थियो । अन्तिम १६ को खेलमा इडिसन काभानीले सानदार खेल प्रदर्शन गरेका थिए । तर, फ्रान्सविरुद्धको खेलमा उनी खेल्ने वा नखेल्ने कुनै टुंगो भने लागेको छैन ।
फ्रान्सलाई यसपटकको विश्वकपको सबैभन्दा बलियो टोलीको रुपमा लिइएको छ । उसले अन्तिम १६ मा अर्जेन्टिना जस्तो बलियो टोलीलाई पाखा लगाउन सफल भएको थियो ।
फ्रान्सका लागि काइलियन एमबाप्पेले सानदार खेल प्रदर्शन गरेका थिए भने फ्रान्सले ४-३ गोलले अर्जेन्टिनालाई हराउन सफल भएको थियो ।
ओलिभर जिरोर्ड, काइलियन एमबाप्पे, पउल पोग्वा, एन्टोनियो ग्रिजम्यान जस्ता खेलाडीहरु उच्च लयमा रहेका छन् ।
बिगतका खेलहरु हेर्ने हो भने फ्रान्सको उरुग्वेसँगको खेल सम्झनयोग्य रहेका छैनन् । पछिल्ला आठ खेलहरुमा फ्रान्सले एक खेलमात्र जितेकोछ ।
चार खेलमा बराबरी र तीन खेल पराजित भएको फ्रान्सले कुनै पनि गल्ती नगरी उरुग्वेलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्ने बताएको छ ।
विश्वकपमा हालसम्म उरुग्वेलाई फ्रान्सले पराजित गर्न सकेको छैन । पछिल्ला आठ खेलमा दक्षिण अमेरिकी देशसँग फ्रान्स अपराजित रहेको छ । उसले सात खेलमा त क्लिन सिट नतिजा निकाल्न सफल भएको छ ।
सन् १९५० र १९५४ यता उरुग्वेले लगातार पाँच खेल जित्न सकेको छैन । तर, यस विश्वकपमा उरुग्वे नयाँ इतिहास रुच्ने दाउमा रहेको छ ।
The post म्याच प्रिभ्युः उरुग्वेलाई पराजित गर्ला त फ्रान्सले, यस्तो छ इतिहास appeared first on Sajha Post.