Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्याच प्रिभ्युः कसले मार्ला बाजी, ब्राजिल कि बेल्जियम

$
0
0

काठमाडौँ, २२ असार । यसपटकको विश्वकप दाबेदार मानिएका दुई देश ब्राजिल र बेल्जियम आज क्वाटरफाइनलमा आमनेसामने गर्दै छन् ।

जापानविरुद्ध सानदार कमव्याक गर्दै क्वाटरफाइनको सानदार यात्रा तय गरेको बेल्जियम ब्राजिललाई पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गर्ने दाउमा रहेको छ ।

मेक्सिको जस्तो बलियो टोलीमाथि सहज जित निकालेको ब्राजिलले बेल्जियममाथि भने कठिन जित निकाल्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

बेल्जियमका सबै स्टार खेलाडीहरु उच्च लयमा रहेका छन् । रोमेलु लुकाकु ह्यारी केनको गोल अग्रता तोड्ने दाउमा रहेका छन् भने ब्राजिल सन् २०१४ मा लागेको कालो दाग हटाउने सुरुमा रहेको छ ।

यी दुईदेशबीच हालसम्म पाँचपटक आमनेसामने भएको छ । जसमा सन् १९६० मा भएको मैत्रीपुर्ण खेलमा बेल्जियमले जित हात पारेको थियो भने बाँकी तीन खेलमा ब्राजिलले जित निकालेको थियो । एक खेल भने बराबरीमा सकिएको थियो ।

विश्वकपमा सन् २००२ मा यी दुई देशबीच प्रतिस्पर्धा भएको थियो । अन्तिम १६ मा ब्राजिलले २० गोलले बेल्जियमलाई पाखा लगाएको थियो ।
दक्षिण अमेरिकन देशहरुसँग हालसम्म बेल्जियमले तीन खेल गुमाएको छ भने एक खेलमात्र जित्न सफल भएको छ ।

बेल्जिमयसँग सातपटकसम्म क्वाटरफाइनल खेल खेलेको अनुभव रहेको छ । तर, सन् २००६ र २०१० मा बेल्जियम विश्वकपको समुह चरणबाटै आउट भएको थियो ।

सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको ब्राजिलको टोली पनि आक्रमण, मिडफिल्ड र डिफेन्स सबैमा सन्तुलित देखिएको छ ।

लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता प्रभावशाली खेलाडीको बहिर्गमनपछि ब्राजिली स्ट्राइकर नेमार प्रतियोगितामा बाँकी रहेका थोरै स्टार खेलाडीमध्ये एक हुन् ।

नेयमारबाहेक पनि जारी प्रतियोगितामा ब्राजिली टोलीका हरेक खेलाडीले अब्बल प्रदर्शन गर्दै आएका छन् ।

The post म्याच प्रिभ्युः कसले मार्ला बाजी, ब्राजिल कि बेल्जियम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles