काठमाडौँ, २४ असार । रसियामा जारी विश्वकपमा क्वाटरफाइनलका खेलहरु सकिएका छन् ।
चार देशहरुले सेमिफाइनलमा आफ्नो स्थान पक्का बनाएकाछन् । उरुग्वेलाई पराजित गर्दै फ्रान्सले सेमिफाइनलको यात्रा तय गरेको थियो भने बेल्जियमले ब्राजिललाई पाखा लगायो ।
त्यस्तै स्वीडेनलाई इंग्ल्याण्डले पराजित गर्यो भने क्रोयसियाले रसियालाई पेनाल्टी सुटआउटमा आउट गर्न सफल भयो ।
सेमिफाइनलमा अब फ्रान्सले बेल्जियमको सामना गर्नेछ भने क्रोसियाले इंग्ल्याण्डसँग खेल्नेछ ।
The post विश्वकपको सेमिफाइनलमा यी देशहरुबीच हुने प्रतिस्पर्धा appeared first on Sajha Post.