Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्कपमा युरोपेली देशहरुको बर्चस्व

$
0
0

काठमाडौँ, २४ असार । ब्राजिल विश्वकपबाट बाहिरिएसँगै रुसमा जारी फिफा विश्वकप उपाधि यसपटक पनि युरोपेली देशले जित््ने पक्का भएको छ ।

सन् २००२ मा ब्राजिलले विश्वकप जितेयता युरोपियन राष्ट्रले मात्र उपाधि जित्दै आएको छन् ।

सन् २००६ मा इटाली, २०१० मा स्पेन तथा २०१४ मा जर्मनीले विश्वकप ट्रफी उचालेका थिए ।

पहिलो क्वाटरफाइनलमा दुई पटकको च्याम्पियन उरुग्वे फ्रान्ससँग पराजित हुँदा पाँच पटकको विजेता ब्राजिल मात्र दक्षिण अमेरिकीहरुको आशा थियो ।

तर, ब्राजिललाई दोस्रो क्वाटरफाइनलमा बेल्जियमले पराजित गरेपछि सेमिफाइनलको दुवै भिडन्त नै अल यूरोप हुने भएको छ ।

यसैलाई आधार बनाएर सामाजिक सञ्जालमा ट्रोलहरु बनाइएका छन् । कतिपयले अब विश्वकपभन्दा पनि युरोपकको सूरुवात भएको बताएका छन् । सन् २००२ पछि विश्वकपमा युरोपियन टोलीहरुको विश्वकपमा बर्चस्व रहेको छ ।

The post विश्कपमा युरोपेली देशहरुको बर्चस्व appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles